मधेश प्रदेश

मन्त्रालय सचिवहरूलाई उपस्थित हुन विशेष संसदीय छानबिन समितिको निर्देशन

सुभाष कर्ण | भदौ ३, २०८०

जनकपुरधाम- रकमान्तर सम्बन्धमा छानबिनकाे ​विशेष संसदीय छानबिन समितिले मधेश प्रदेशका मन्त्रालयहरूका सचिवहरूलाई उपस्थित हुन निर्देशन दिएको छ । आइतबार विशेष संसदीय छानबिन समितिको बैठकको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयसहित विभिन्न ७ वटा मन्त्रालयका सचिवहरूलाई उपस्थित हुन समितिले निर्देशन दिएको हाे । 

समितिले मुख्यमन्त्री कार्यालयसहित भौतिक पूर्वाधार विकास, शिक्षा तथा समाज कल्याण, भूमि व्यवस्था, कृषि तथा सहकारी, स्वास्थ्य तथा जनसंख्या, गृह तथा सञ्चार र अर्थमन्त्रालयका सचिवहरूलाई भदौ ५ गते बिहान ११ बजे समितिको कार्यालयमा उपस्थित हुन आइतबार नै पत्राचार गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तको अन्त्यमा मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालयहरूले रेडबुकमा तोकिएको विकास निर्माणको रकम आफूखुसी रकमान्तर गरेको भनी प्रदेश सभामा चर्को आवाज उठेपछि छानबिनका लागि प्रदेश सभा सदस्य उपेन्द्र महतोको सभापतित्वमा विशेष संसदीय छानबिन समिति गठन भएको थियो ।

सचिवलाई उपस्थित हुन निर्देशनसहित समितिको बैठकले छानबिनकै लागि मन्त्रालयगत खर्च प्रगतिको विवरण तथा खर्चको फाँटबारी विवरण प्रदेश लेखा नियन्त्रकको कार्यालयबाट माग समेत गरेको छ ।

यस्तै विभिन्न मितिमा स्थानीय तहहरूसँग माग गरेको विवरण समयमा उपलब्ध नगराउने स्थानीय तहहरूलाई पनि भदौ ५ गतेभित्र उपलब्ध गराउन निर्देशन दिँदै तोकिएको मितिसम्म विवरण उपलब्ध नगराएमा सम्बन्धित स्थानीय तहहरूलाई प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकम कट्टा गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने भनी सचेत गराउने निर्णय समेत बैठकबाट गरिएको समितिका सभापति उपेन्द्र महतोले जानकारी दिएका छन् ।

वीरगन्जमा फोहोर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने, साउनमै उठ्‍यो दुई लाख १८ हजार जरिवाना

इकागज | भदौ १, २०८०

वीरगन्ज (पर्सा)- सडकमा जथाभावी फोहोर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अ...

बीमाबाट क्षतिपूर्ति रकम लिन श्रीमतीको हत्या गरेको आरोपमा देवान पक्राउ

इकागज | भदौ १, २०८०

बारा- श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एक जनासहित बारा प्रहरीले ३ जनालाई पक्राउ ग...

खेतमा पानी लगाउँदा मेसिनबाट करेन्ट लागेर हेटाैंडामा एककाे मृत्यु

इकागज | साउन ३२, २०८०

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ३ जम्मु भन्ने स्थानमा करेन्ट लाग्दा एक जनाको मृत्यु ...

विज्ञापनको नाममा ३५ लाखभन्दा बढीको ठगी, उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि ठगिए

सुभाष कर्ण | साउन ३१, २०८०

जनकपुरधाम - काठमाडौँबाट नेपाल भिजिट र येलो नामक पत्रिका प्रकाशन गर्ने भनेर जनकपुुरधामका एक दर्जन...

धनुषाका सहायक प्रजिअ केसरीले छलफलमा साहुको तर्फबाट हामीलाई दबाब दिन्छन् : मिटरब्याज पीडित

सुभाष कर्ण | साउन २९, २०८०

जनकपुरधाम- धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरी भ्रष्टाचारी रहेको मिटरब्याजविरुद्ध...