मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग्दै इन्जिनीयरहरूको प्रदर्शन

इकागज | साउन ३, २०८०

जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरूले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । 

बुधवार निषेधित क्षेत्र तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप समेत गरेको छ ।  प्रहरी हस्तक्षेप हुँदा दुवै पक्षबीच झडप समेत भएको छ । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै बल प्रयोग गर्दै रोक्न खोज्दा झडप भएको थियो । 

इन्जिनियरहरूले कलकारखानामा स्वदेशी इन्जिनियरलाई नियुक्त गर्नुपर्ने, विदेश पलायन रोक्नुपर्ने, इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, सेवाकालीन तालिमको व्यवस्था गर्नुपर्ने, स्तरवृद्धि गर्नुपर्ने, न्यूनतम सातौं तह कायम गर्नुपर्ने लगायतका माग अघि सार्दै प्रदर्शन गरेका हुन । झडपको क्रममा केही इन्जिनीयर सामान्य घाइते समेत भएका छन् । 

नेपाल इन्जिनियर्स एशोसिएसन मधेश प्रदेशका अध्यक्ष इन्जिनीयर गौरी पण्डितले तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र वर्तमान मुख्यमन्त्री यादवलाई समेत पटकपटक माग पूरा गर्न ध्यानाकर्षण गराउंदै आएपनि कुनै सुनुवाई नभएपछि विरोध प्रदर्शन गर्नुपरेको बताएका छन् । 

मधेश सरकारको प्रदेश लोकसेवा आयोग छ । तर इन्जिनियरहरुका लागि अहिलेसम्म विज्ञापन गरेको छैन । विज्ञापन नगरेकाले इन्जिनियरहरुले प्रदर्शनका क्रममा ‘प्रदेश लोकसेवा आयोग खारेज गर कि विज्ञापन गर’ नारा समेत लगाएका छन् ।

विरोध प्रदर्शन पश्चात इन्जिनीयरहरुले आफ्नो ६१ औ दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेका छन । सो कार्यक्रममा उनीहरुले आफ्नो मागप्रति प्रदेश सरकारले गर्दै आएको बेवास्ता बारे कडा आन्दोलनमा जाने चेतावनी समेत उनीहरुले दिएका छन् । 

अन्तरक्रिया कार्यक्रममा प्रादेशिक कार्यालय भवन निर्माणका लागि कार्यक्रमका प्रमुख अतिथि इन्जिनीयर कृष्णचन्द्र साहले एक लाख रुपैया, इन्जिनीयर गोविन्द यादव र सफल कुमार साहले २५÷२५ हजार रुपैया सहयोगको घोषणा गरेका छन् ।

सेवा ठप्प पारेर किन आन्दाेलनमा उत्रिए सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी ?

इकागज | साउन २, २०८०

बारा । सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा  सोमबारदेखि स्वास्थ्य स...

सबैभन्दा बढी राजस्व र रेमिन्टान्स बुझाउने मधेशका २५ प्रतिशत जनता गरिब

सुभाष कर्ण | साउन १, २०८०

जनकपुरधाम- देशको कुल बजेटमा ५० प्रतिशत जति आर्थिक भार थेग्दै  आएका मधेश प्रदेशका जनता देशमै सबैभ...

तोकिएको अधिकारमा काम गर्न तीन तहका सरकारलाई प्रदेश प्रमुख मिश्रकाे सुझाव

सुभाष कर्ण | असार ३१, २०८०

जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानमा तीनै तहका सरकारको काम, ...