तिपेनी आँखा शिविरमा ३० जनाको आँखाको शल्यक्रिया

इकागज | माघ २७, २०८१

सिन्धुपाल्चोक- पाँचपोखरी थाङपाल गाउँपालिका- ८ स्थित तिपेनीमा रहेको पाँचपोखरी प्राथमिक अस्पतालमा निशुल्क आँखाको शल्यक्रिया शिविर गरिएको छ । शिविरमा ३० जनाको आँखाको शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख आत्मराम धितालले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना, सेभेन समिट फाउण्डेशनको समन्वय तथा मातृका आँखा केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा चार दिन पालिकाको विभिन्न स्थानमा मोतिविन्दु छनोट शिविर सञ्चालन गरी छनोट भएको विरामीको आज शल्यक्रिया   गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

स्थानीय सरकारको अनुभूतिको गराउनका लागी गाउँ गाउँमा पुगेर शिविर सञ्चालन गरी छनोट भएका विरामीको निशुल्क सल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष लामाले बताए ।

दुर्गम भेग मानिने पाँचपोखरीमा धेरैमा आँखाको समस्या रहेको थाहा पाएपछि विगतका वर्षहरूमा जस्तै यस बर्ष पाँचपोखरीमा शिविर सञ्चालन गरिएको सेभेन समिटका उपाध्यक्ष श्याम तामाङले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिका-८ लाँगर्चेका ७३ वर्षीय एकेन्द्र खनालले आफ्नै घर आँगनमा सञ्चालित शिविरबाट आँखाको शल्यक्रिया गर्न पाएकोमा खुशी लागेको बताए । काठमाडौँ जाँदा लाग्ने खर्चसमेत बचत भएको भन्दै उनले गाउँमै सेवा पाएकोमा खुशी  लागेको बताए ।
 

क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै काठमाडौँ महानगर, कसरी गर्ने वर्गीकरण ?

इकागज | माघ २६, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको ...

जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले...

इकागज | माघ २४, २०८१

भक्तपुर- भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा ...

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

इकागज | माघ १९, २०८१

चितवन- चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्च...