रत्‍ननगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवारी विजयी

इकागज | जेठ ६, २०७९

चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिकाको मेयरमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रल्हाद सापकोटा विजयी भएका छन ।

सापकोटाले २० हजार ७ सय ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार विमलादेवी दुवाडीले १२ हजार ७ सय २८ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै उप प्रमुखमा नेकपा एमालेका यादव पाठक निर्वाचित भएका छन् । पाठकले १३ हजार ५ सय १४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १२ हजार ३ सय ५४ मत ल्याएका छन् ।

२०७४ को स्थानिय निर्वाचनमा यो नगरपालिकामा मेयर उपमेयर दुबैमा एमाले विजयी भएको थियो । रत्ननगरको उप प्रमुख सहित ५ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसले नगरप्रमुख सहित ९ वटा वडामा विजय हासिल गरेको छ ।

हेटौंडाका वडाध्यक्षका ५ जना स्वतन्त्र उम्मेदवार, जसले आफैलाई भोट हालेनन्

इकागज | जेठ ६, २०७९

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले आफैंलाई भोट नहालेको पा...