मेयर बालेन्द्रले सिंहदरबार जलाइदिने भन्दै लेखेको स्टाटस हटाए
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबार जलाइदिने भन्दै फेसबुकमा लेखेको स्टाटस हटाएका छन् ।
शनिबार साँझ उनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।‘
शनिबार राति आफ्नी श्रीमती चढेको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको थियो । उनको सामाजिक सञ्‍जालमा अभद्र र अराजक शैलीमा स्टाटस लेखेको भन्दै चौतर्फी आलोचना भएको थियो ।