घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

इकागज | साउन १८, २०८०

मकवानपुर- गाउँपालिकाका अध्यक्षले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिएपछि शारीरिक अशक्त भएर घरमै बसिरहेका मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका-८ इपाका प्रेमबहादुर कठायत खुसीले भावविह्वल भए ।

'मलाई खोजेर घरैमा आएर हातैमा भत्ता देलान् भन्ने कल्पनै गरेको थिइनँ,' उनले भने, 'अध्यक्षको लगन देखेर खुसी लाग्यो, साँच्चै जनताको माया गर्ने र विकास प्रेमी रहेछन् ।'

शारीरिक रूपमा कमजोर भएको अवस्थामा आफ्नो प्रतिनिधि आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता लिएर आएपछि मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका वडा नम्बर ८ ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । स्थानीय ८३ वर्षीय बद्रीबहादुर दानिले स्थानीय सरकार भएको आभास बल्ल भएको प्रतिक्रिया दिए ।

यस आर्थिक वर्षदेखि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम गाउँमा पुगेर सुरु गरेकाे हो । चालु आर्थिक वर्षको साउन १५ गतेबाट सुरु गरिएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम अन्तरगत भीमफेदी गाउँपालिका-८ साविक इपा गाविसका वडा ५,६,७,८, र ९ वडाका लागि वडा कार्यालय इपाबाट वितरण  गरिएको हो ।

भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ को वडा कार्यालयमा गाउँपालिकाका अध्यक्ष हिदम लामा, वडाध्यक्ष विष्णुबहादुर लामा, वडा सदस्य नबराज अधिकारी, वडा सचिव कृष्णबहादुर बस्नेतलगायतका साथमा प्रभु बैंकका प्रतिनिधिहरू पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

कार्यक्रम सुरु भएयता गाउँका जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई हेटौंडा, भीमफेदी, काठमाडौँ जान नपर्ने अध्यक्ष लामाले बताए ।

गाउँपालिका अध्यक्ष लामाले जनताको पक्षमा  काम गर्न आफू सधैं तत्पर रहेको बताए । अपाङ्गता भएकाहरू, एकल महिला र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

भीमफेदी गाउँपालिकाको विकट गाउँदेखि हेटौंडा आएर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने दु:खको अन्त्य गरेको वडाध्यक्ष विष्णुबहादुर लामाले बताए । यसैगरी प्रत्येक तीन महिनामा जनप्रतिनिधिलगायत वडाका कर्मचारीकाे रोहबरमा बैंकको प्रतिनिधि मार्फत गाउँमा नै आएर भत्ता वितरण गरिने वडाध्यक्ष लामाले बताए ।

प्रदेशलाई पूर्ण रुपमा आर्थिक र प्रशासनिक स्वायत्तता दिनुपर्छः सभामुख पाठक

इकागज | साउन १७, २०८०

काठमाडौँ - बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता पूर्ण रुप...

हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न राजनीतिक दलहरूकाे आग्रह

इकागज | साउन १५, २०८०

मकवानपुर- मकवानपुरको हेटौंडामा रहेको प्रदेश स्तरको अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञा...

प्रदेश सरकार नीतिगत निर्णयबिना नै अघि बढेको मुख्यमन्त्रीकाे टिप्पणी

इकागज | साउन १५, २०८०

मकवानपुर- बागमती प्रदेश सरकारले मध्ये साउनमा विकास समस्याबारे समीक्षा गरेको छ । मन्त्रालय स्तरीय विकास स...