गोरखा अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ

इकागज | बैशाख ११, २०८०

गोरखा- अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतको मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  लीलाराज लामिछानेले जानकारी दिए । 

पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उनले बताए । दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक  लामिछानेको भनाइ थियो । 

पक्राउ परेकाहरूलाई सार्वजनिकस्थलमा अशान्ति मच्चाएको कसुरमा मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर जिल्लाअदालतबाट म्याद थप गराएर  अनुसन्धान भइरहेको उनले बताए । रासस

तनहुँ-१ को पछिल्लो मत परिणाम : वाग्लेभन्दा भट्टराई ५ हजार बढी मतले पछाडि

इकागज | बैशाख ११, २०८०

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अ...

तनहुँ- १ : स्वर्णिमले ११६७७ मत ल्याउँदा सर्वेन्द्रले पुर्‍याए ३८०३ मत

इकागज | बैशाख ११, २०८०

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । सोमबार मध्यान्&...

तनहुँ- १ : स्वर्णिमले कटाए १० हजार मत, गोविन्द र सर्वेन्द्रको मत कति ?

इकागज | बैशाख ११, २०८०

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहान ९ बज...

आर्थिक वर्ष सकिन लाग्दा आविष्कार केन्द्रसँग गण्डकी सरकारको सम्झौता

धनबहादुर गुरुङ | बैशाख ९, २०८०

पोखरा- आर्थिक वर्ष सकिन लाग्दा गण्डकी प्रदेश सरकारले गत वर्षको बजेटमा राष्ट्रिय आविष्कार केन्द्रलाई १० ...

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल

इकागज | बैशाख ९, २०८०

दमौली- आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ...

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

इकागज | बैशाख ९, २०८०

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले ...

गण्डकी सरकारको सय दिन : मन्त्रालय घटाउनु नै मुख्य उपलब्धि

धनबहादुर गुरुङ | बैशाख ८, २०८०

पोखरा- अल्पमतमा रहेको गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक ग...