गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

इकागज | बैशाख ९, २०८०

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् ।

प्रदेश सभाको शनिबारको बैठकमा उनले विश्वासको मत पाऊँ भनी गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा २४ मत मात्र प्राप्त गरे । योसँगै एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार करिब एक सय दिनमै ढलेको छ ।

६० सदस्यीय प्रदेश सभामा मत विभाजन हुँदा २४ सांसदले मात्र उनलाई विश्वासको मत दिएका छन् । विपक्षमा ३५ मत खसेको छ । बहुमतका लागि ३१ मत आवश्यक पर्छ । अधिकारी सरकार ढलेसँगै अब प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

इकागज | बैशाख ९, २०८०

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले ...

गण्डकी सरकारको सय दिन : मन्त्रालय घटाउनु नै मुख्य उपलब्धि

धनबहादुर गुरुङ | बैशाख ८, २०८०

पोखरा- अल्पमतमा रहेको गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक ग...