लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते

इकागज | चैत ११, २०७८

लमजुङ- लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ ।

आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्साकोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । 

घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ । आगलागीबाट २५ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

माओवादीको गण्डकी कार्यसमिति चार महिनापछि पूर्ण, मतदानबाट टुंगियो पदाधिकारी

इकागज | चैत १०, २०७८

पोखरा- नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ ।...

गाउँपालिकाको भवन देउवाले उद्घाटन गर्ने, एमालेले बहिष्कार गर्ने

इकागज | चैत १०, २०७८

तनहुँ- प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ आउदैछन् । जिल्लामा हुने चार कार्यक्रममा सहभागी हुनलाई देउव...

गण्डकीमा गैरसांसदलाई मन्त्री बनाउने चर्चा, मुख्यमन्त्री भन्छन्– कोटा छैन

इकागज | चैत ५, २०७८

पोखरा - गण्डकी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना पनि सांसद छैनन् । एमाले विभाजित हुँदा माधवकुम...