राष्ट्र संघका महासचिव गुटेरेसको सुरक्षामा खटिएका असई ढुंगानाको मृत्यु

इकागज | कात्तिक १५, २०८०

पोखरा- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्‍नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरीको मृत्यु भएको छ ।

सुरक्षामा खटिएर बेसक्याम्पबाट फर्किएपछि स्वास्थ्यमा समस्या देखिएको प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको बुधबार बिहान ९:४० बजे मृत्यु भएको हो ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज असई ढुंगाना गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्‍नपूर्ण आधार शिविरमा पुगेका थिए । अन्‍नपूर्ण आधार शिविरबाट मंगलबार पैदल फर्किएका असई ढुंगानालाई बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएको थियो ।

अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत्यु घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन, फेवातालमा नौका विहार

इकागज | कात्तिक १३, २०८०

गण्डकी- नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियाे गुटेरेस पोख...

फिर्के खोलाका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना, डाेजर लगाउने चेतावनी

धनबहादुर गुरुङ | कात्तिक ११, २०८०

पोखरा ।  पोखरा महानगरपालिकाको ८ वटा वडा छोएर बग्ने फिर्के खोला अतिक्रमणको चपेटामा छ । फिर्के खोल...

हटेन् अझै गोठमा सुत्केरी हुने चलन : स्वास्थ्य संस्था नपुग्दै बित्छ सुत्केरीको ज्यान

इकागज | कात्तिक १०, २०८०

बलेवा (बागलुङ)- तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रिता रोका स्वास्थ्यचौकी पुगिरहन्थिन् । उनलाई न...