दैलेखमा असार १० सम्म निषेधाज्ञा

इकागज | जेठ ३१, २०७८

दुल्लू : जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।  प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । आज राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ प्याकुरेलले बताए । 

यही जेठ २१ ग्तेदेखि जारी निषेधाज्ञा पुनः थप गरिएको हो । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढदै गइरहेकाले सङ्क्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको उहाँले बताउनुभयो । अहिलेको निषेधाज्ञामा पहिलेभन्दा थोरै खुकुलो पारिएको छ । दैनिक उपभोग्यवस्तु किनमेल गर्न बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खाद्य पसल खुल्ने छन् । त्यस्तै बैंक पनि खुला रहनेछन् । रासस

सुर्खेतमा फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट स्थापना हुने

इकागज | जेठ २८, २०७८

सुर्खेत : सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट…

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

लक्ष्मी भण्डारी | जेठ २८, २०७८

सुर्खेत : सर्वाैच्च अदालतको आदेशसँगै कर्णाली सरकारमा अब एमालेबाट तीन जना मन्त्रीको सहभागिता हुने भएक…

फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

इकागज | जेठ २७, २०७८

काठमाडौँ  : सर्वाेच्च अदालतले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन…

ध्रुव शाही र पार्वती विसुंखे चर्चामा सीमित, कर्णालीबाट मोहन बानियाँ मन्त्री बन्दै

इकागज | जेठ २७, २०७८

काठमाडौँ : कर्णाली प्रदेशबाट संघीय सरकारमा मन्त्री बन्ने लाइनमा रहेका सुर्खेतका सांसद ध्रुव शाही र दै…

पूर्वराज्यमन्त्री बिष्ट थप उपचारका लागि काठमाडौँको मेडिसिटीमा

इकागज | जेठ २७, २०७८

सुर्खेत : कोभिड १९ बाट संक्रमित पूर्वराज्यमन्त्री तप्त बिष्टलाई थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्…

एमालेद्वारा कर्णाली प्रदेश सभा अबरुद्ध: अन्योलमा बजेट अधिवेशन

लक्ष्मी भण्डारी | जेठ २६, २०७८

सुर्खेत: आइतबारदेखि सुरु भएको कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले …