मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

इकागज | माघ ७, २०७८

कर्णाली- मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।

परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिनुभयो । यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे । स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।

भागबन्डामै अल्झियो कर्णाली सरकार, तीन महिनासम्म पूर्णता पाएन

सुर्खेत- कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको झण्डै तीन महिना पुग्न लागिस...

जाजरकोटमा १२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिडविरुद्धको खोप

इकागज | माघ ५, २०७८

जाजरकोट- जाजरकोटमा १२ देखि १७ वर्षका २३ हजार २० बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडर्ना खोपको पहिलो ...

मुख्य मन्त्री शाहीले भने : बरु पद छाडिदिन्छु, भागबण्डाका नाममा मन्त्रालय फुटाउँदिन

इकागज | माघ ३, २०७८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रालय फुटाएर भागबन्डा मिलाउने पक्षमा आफू नभएक...