सेताम्मे जुम्ला (फोटो फिचर)

इकागज | माघ २१, २०७८

जुम्ला- जुम्लामा  पुनः हिमपात भएको छ ।  बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हो । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ ।

हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।

राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको ठूलो योगदान छ: प्रदेश प्रमुख

इकागज | माघ १९, २०७८

कर्णाली- कर्णाली प्रदेशका प्रमुख तिलक परियारले राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको ठूलो योगदान भएको...

अदानचुलीमा २१ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध, सेवाग्राहीलाई सास्ती

इकागज | माघ १७, २०७८

सिमकोट- हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा झण्डै एक महिनादेखि इन्टरनेट सेवा अवरुद्ध छ ।...