दैलेख–सुर्खेत सडकखण्डमा पुल निर्माणको काम सुरु

इकागज | फागुन ८, २०७८

सुर्खेत– दैलेख–सुर्खेत सडक खण्डबाट सिधै दैलेखको दुल्लु नगरपालिका जोड्ने मोटरेबल पुल निर्माणको काम सुरु गरिएको छ। दैलेखको चुप्रास्थित कइलकुनामा बन्न लागेको पुलको शिलान्यास गरि काम अघि बढाइएको हो। 

दैलेख निर्वाचन क्षेत्र २ (क) का सांसद सुशील थापाले उक्त पुलको शिलान्यास गरेका हुन्। पुल निर्माण भएपछि दुल्लु नगरपालिकाका १३ वटा वडामध्ये ११ वटा वडाका नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने सांसद थापाले बताए। ५२ मिटर लम्बाइ रहेको उक्त पुल प्रदेश सरकारको क्रमागत योजनाको रूपमा रहेको छ। पहिलो चरणमा पुल निर्माणका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

कर्णाली प्रदेश सरकारको लगानीमा बन्न लागेको उक्त पुल निर्माणपछि दैलेख बजार नपुगी सिधै दुल्लु जान सकिनेछ। सांसद थापाका अनुसार दुल्लु नगरपालिकामा पर्ने कालभैरव, मालिका, छिउडीपुसाकोट, गमौडी, रिजुपोखरा लगायतका गाउँका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन्। ‘सांसद भएलगत्तै मेरो पहिलो माग यस क्षेत्रका नागरिकको लागि पुल निर्माण हुनुपर्छ भन्ने थियो’ थापाले भने, ‘जुन् पुलको निर्माण काम सुरु भएको छ।’
 

मुख्यमन्त्रीद्वारा ज्येष्ठ नागरिक र आश्रित बालबालिकालाई खाद्यान्न वितरण

इकागज | फागुन ७, २०७८

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ज्येष्ठ नागरिक, सहयोगापेक्षी र असहाय ...

दश पूर्णाङ्कमा म आफूलाई पचास प्रतिशतभन्दा माथि अंक दिन्छु

जितेन्द्र थापा | फागुन ३, २०७८

नेपालको शासकीय संरचना ६ वर्षदेखि संघात्मक भएपछि स्थानीय तह स्थानीय सरकारमा परिणत भयो । सरकार भन्‍न...

सक्रियता देखाउँदै भूमि आयोग, तत्कालै लालपुर्जा वितरणको तयारी

लक्ष्मी भण्डारी | फागुन २, २०७८

सुर्खेत– राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले सक्रियता बढाउन थालेको छ । समितिले विगतका आयोग...