एमसीसीको विरोधमा सुर्खेतमा पार्टी कार्यालय र प्रहरीमाथि ढुंगामुढा

इकागज | फागुन १६, २०७८

सुर्खेत– मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले प्रहरी र पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन्। सुर्खेतस्थित कांग्रेसको पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन्। आक्रेशित बन्दै हिँडेका बन्दकर्ताहरु नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर ढुंगामुढा गरेका थिए।

त्यसैगरी सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगामुढा बर्साएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । शान्तिपूर्ण रुपमा कार्यक्रम गर्नुहोस् भनेर सम्झाउँदा पनि ढुंगामुढा नै बर्साएको डिएसपी घर्तीले बताए । 

ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ । विप्लवसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण सुर्खेत केही समय तनावग्रस्त बनेको थियो । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको थियो । यस्तै, प्रहरीले सुर्खेतमा उग्र बनेका केही बन्दकर्ताहरूलाई नियन्त्रणमासमेत लिएको छ ।
 

कर्णाली प्रदेशमा बेथिति : एक दिन बिदा लिएर कर्मचारी सात दिन आउँदैनन् कार्यालय

इकागज | फागुन १२, २०७८

जाजरकोट - एक दिन बिदा मागेर हप्ता दिनसम्म जिल्ला कार्यालयमा कर्मचारी हाजिर नहुने समस्याले सेवाग्राह...

मन्त्रिपरिषद् गठनमा संवैधानिक व्यवस्थालाई मिचिएको उच्च अदालतको ठहर

लक्ष्मी भण्डारी | फागुन ११, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् गठनमा उच्च अदालत सुर्खेतले संवैधानिक व्यवस्थालाई मिचिएको ठहर ...