सुदूरपश्चिम

पाटन हत्या प्रकरण : थप एक जना पक्राउ

इकागज | असार ५, २०८१

बैतडी- बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन–६ का २६  वर्षीय आशिष पहरी रहेका छन् ।

प्रहरी टोलीले भागिरहेको अवस्थामा पाटन–५ कुवापानी जङ्गलबाट पहरीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिए । मृतक विरभानका आफन्तले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरु सबै पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

पहरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि पाटन–६ की ३६ वर्षीया भागरथी विष्ट,  पाटन–१ का राजेन्द्र भट्टराई र किशोर भट्टराई तथा पाटन–६ कै भरतमोहन विष्टलाई पक्राउ गरिसकेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यही असार १ गते शनिबारदेखि बेपत्ता विरभान विष्टको शव सोमबार दिउँसो पाटन–६ घाङल खोलामा फेला परेको थियो । भागरथीले विष्टको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेकी छिन् ।

काठको चिरपटले हानेर विरभानको हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएकी छिन् । भागरथी स्थानीय सहस्त्रलिङ्ग आधारभूत विद्यालयकी शिक्षिका हुन् भने मृतक विष्ट ट्रक चालक हुन् । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 
 

सुदूरपश्चिम सरकारले ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान चलाउने

इकागज | असार २, २०८१

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१/८२ मा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न...

मुख्यमन्त्री कार्यालयमा कार्यरत अधिकृतविरुद्ध नक्कली प्रमाण पत्रको आरोपमा मुद्दा दायर

इकागज | जेठ २९, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा का...

सुदूरपश्चिममा सरकार विस्तार, बन्यो जम्बो मन्त्रिमण्डल

इकागज | जेठ २८, २०८१

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री...

सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउने गरी काम गरिरहेको छु : मुख्यमन्त्री सोडारी

इकागज | जेठ २६, २०८१

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशलाई बलियो बनाउने गरी क...

अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

इकागज | जेठ २६, २०८१

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन ...