साताको सेयर बजार
नेप्से साताभरमा ११४ अंकको वृद्धि, बजार पुँजीकरण ३१ खर्बमा उक्लियो
काठमाडौँ – धितोपत्र बजार यस साताको कारोबारमा ११४ अंकले बढेको छ । साताभर भएको कारोबारमा बजार परिसूचक ११४.७५ अंकले बढेको हो । गत साताको अन्तिम कारोबार पश्चात २०२९.०३ अंकमा बन्द भएको नेप्से यो साता २१४३.९३ अंकमा कायम रहेको छ। गत साताभरको कारोबारमा बजार १६१.८२ अंकले बढेको थियो ।
गत सातादेखि सेयर बजारमा लगानीकर्ता विश्वास बढ्दै जाँदा सेयर बजार उकालोतर्फ बढ्दै गएको छ। सरकार गठनसँगै नयाँ अर्थमन्त्री आउनु, बैंकिङ प्रणालीमा तरलता बढ्दै जानु र ब्याजदर घट्ने संकेतले लगानीकर्तामा सकारात्मक मनोबल बढ्दा समग्र बजार २ सातादेखि उल्लेख्य बढेको छ ।
कारोबारको दिन |
अंक घटबढ |
कारोबार रकम |
आइतबार |
१७.२६ |
४ अर्ब ४ करोड |
सोमबार |
१७.५६ |
२ अर्ब ९६ करोड |
मंगलबार |
३.०३ |
३ अर्ब ४५ करोड |
बुधबार |
६४.८७ |
३ अर्ब ५० करोड |
बिहीबार |
१८.०९ |
५ अर्ब ४ करोड |
जम्मा |
११४.७५ |
१८ अर्ब ९९ करोड |
साताको पहिलो र दोश्रो कारको बारमा १७/१७ अंकले बढेको बजार तेश्रो कारोबारमा भने ३ अंकले घट्न पुग्यो । साताका पाँच कारोबार दिन मध्ये एक दिन सामान्य अंकले घटेको बजार अन्य दिन भने बढेको छ।
यस्तै यस साता सेन्सेटीभ इन्डेक्स ५.०९ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ५.७७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४३ प्रतिशत बढेको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.२६ अंकले बढेर साताको सकारात्मक सुरुवात भएको थियो । सो दिनको कारोबारमा ४ अर्ब ४ करोड रूपैयाँको १ करोड ८ लाख ८० हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।
साताको दोश्रो कारोबारको दिन सोमबारमा पनि बजार १७.५६ अंकले बढ्यो । सो दिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा कमी आएको थियो । सोमबार २ अर्ब ९६ करोड ९ लाख रूपैयाँ बराबरको ८२ लाख ७१ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।
मंगलबार भने सेयर बजार सामान्य अंकले गिरावट आएको छ । मंगलबार बजार ३.०३ अंकले घट्यो। सो दिनभने बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढोत्तरी भएको छ । मंगलबार ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको ८२ लाख २२ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।
साताको चौथो कारोबारको दिन बुधबार बजार पुन: उल्लेख्य बढ्न पुग्यो । बुधबार बजार ६४.८७ अंकले बढेको थियो । सो दिन कारोबार रकम भने ३ अर्ब ५० करोड रूपैयाँको ८७ लाख ३३ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।
यस्तै साताको अन्तिम कारोबारको दिन बिहीबार बजार १८.०९ अंकले बढेको छ। बिहीबार बजार कारोबार रकममा भने उच्च बढोत्तरी भएको थियो । अन्तिम कारोबारको दिन ५ अर्ब ४ करोड ७ लाख ४० हजार रूपैयाँको १ करोड २५ लाख ८१ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।
यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस साता बजारमा दैनिक औसतमा ३ अर्ब ८० करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । गत साता दैनिक औषतमा २ अर्ब ७५ करोडको सेयर खरिदबिक्री भएको थियो।
बजार पुँजीकरण
गतसाता २ खर्ब ३४ अर्ब रूपैयाँ बढेर २९ खर्ब ३४ अर्ब रूपैयाँमा कायम रहेको सेयर बजार यस साता ३१ खर्ब १ अर्ब ४५ करोडमा उक्लिएको छ। साताभरमा सेयर लगानीकर्ताको १ खर्ब ६७ अर्ब सम्पति बढेको छ।
उप-सूचकतर्फ
१३ उप-सूचक समूहमध्ये यस साता व्यापार उप-सूचकको सर्वाधिक २०.०६ प्रतिशत बढेको छ । यस्तै साता अन्य उप-सूचकको परिसूचक सबैभन्दा कम ०.८६ प्रतिशत बढेको छ ।
व्यापारपछि धेरै मूल्य बढ्नेमा होटल तथा पर्यटन उप-सूचक रहेको छ । सो उप-सूचक १४ प्रतिशतले बढेको छ । तेस्रो स्थानमा रहेको माइक्रोफाइनान्स उप-सूचक ११.५ प्रतिशतले बढेको छ ।
उप-सूचक यो साता
उप-सूचक |
वृद्धि प्रतिशतमा |
जीवन बीमा |
५.०८ |
निर्जीवन बीमा |
९.९९ |
उत्पादन |
७.७६ |
माइक्रोफाइनान्स |
११.५६ |
विकास बैंक |
५.७२ |
होटल तथा पर्यटन |
१४.१४ |
जलविद्युत् |
७.६३ |
व्यापार |
२०.०६ |
फाइनान्स |
६.७० |
अन्य |
०.८३ |
बैंकिङ |
२.१९ |