समाज

कोशीका पूर्वमन्त्री अधिकारीलाई ल्याइयो काठमाडौं

इकागज | कात्तिक २५, २०८१
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ । जापानमा मानव तस्करी गरेको आरोप लागेका अधिकारीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई जिल्ल प्रहरी परिसर काठमाडौं लगिएको छ । प्रहरीले उनलाई विराटनगरबाट यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याएको थियो। जापान भ्रमणमा जाँदा असम्...