समाज

चितवन राष्ट्रिय निकुञ्‍ज: दुई सय २२ जनावरको उद्धार, ७६ जनावर मरे

इकागज | साउन ७, २०८१
चितवन - चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल  छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा  कुकुरको आक्रमणबाट दुई र  २२ प्राकृतिक कारणले २४ चित्तल  मरेका थिए । यसैगरी सो अवधिमा  गैँडा २१ मरेका छन्  । ती मध्ये १८  प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसके...