समाज

वर्षाका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित

इकागज | असार २२, २०८१
काठमाडौँ- अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युतगृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै छ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युतगृह बन्द भएका छन् । प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमि...