समाज

अछामका दुई ठाउँमा मतदान स्थगित

इकागज | बैशाख ३०, २०७९
अछाम – अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो। लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्। यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विव...