पर्यटन

‘करको दरका कारण पर्यटन क्षेत्र धराशायी’

इकागज | जेठ २६, २०८०

काठमाडौँ- पर्यटन सम्बद्ध संस्थाहरूले सरकारले आगामी वर्षको बजेटमा लगाएको करको दरका कारण यस क्षेत्र नै धराशायी हुने जनाएका छन् । शुक्रबार काठमाडौँको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उनीहरूले बजेटमा घोषणा भएका करका दलहरूले पर्यटन क्षेत्रमा पार्न सक्ने नकारात्मक असरका बारेमा चिन्तित बनाएको भन्दै साे जनाएका हुन् ।

ट्रेकिङ तथा टुर प्याकेज सम्बन्धी सेवालाई हटाई पूर्ण रूपमा करको दायरामा ल्याउने, हवाई टिकटमा भ्याट लगाउने, पाँचतारे वा सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोटहरूले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाउने लगायतका व्यवस्थाका कारण नेपाल आउने पर्यटकहरू अन्य गन्तव्यमा जाने र सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल हुन नसक्ने उनीहरूले जनाएका छन् ।

त्यस्तै सरकारले पर्यटन क्षेत्रबाट प्राप्त गर्ने गरि राखिएका कर संकलनका लक्ष्य पनि प्राप्त हुन नसक्ने अवस्था सिर्जना भएको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले बताए । उनले पर्यटनलाई उद्योगको मान्यता नदिँदा राज्यबाट पाउनुपर्ने सहुलियतपूर्ण ब्याजदर तथा बिजुली शुल्क आदिबाट पर्यटन क्षेत्र वञ्चित हुनुपरेको बताए ।

उनीहरूले पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउनका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ संगठन सम्मीलित विज्ञ समूह बनाएर गहन अध्ययन गरी कम्तीमा १ वर्षपछि मात्रै लागू हुने गरी करका नयाँ दरहरू लागू गर्न सरकारलाई सुझाव दिएका छन् ।

किरातीले विमानमा यात्रुलाई अभद्र व्यवहार गर्ने कर्मचारीलाई गरे कारबाही

इकागज | जेठ १८, २०८०

काठमाडौँ- नेपाल वायुसेवा निगमले यात्रुमाथि अभद्र व्यवहार गरेको भन्दै आफ्नो कर्मचारीलाई कारबाही गरेको छ ...

सूचारू भएन बलेवा विमानस्थल, करोडौँ लगानीका पूर्वाधार प्रयोगविहीन

इकागज | जेठ १८, २०८०

ढोरपाटन- बागलुङ बलेवा विमानस्थल कालोपत्रे गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची...