पर्यटन

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन

इकागज | माघ ६, २०७९

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएका छन् ।

बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै मन्त्री किराँतीले हवाई सुरक्षाको क्षेत्रमा प्रगति हुनेगरी काम गर्न आग्रह गरे ।

हवाई सुरक्षामा सुधार गर्दै परिणाममुखी काम गर्न पर्यटनमन्त्रीले निर्देशन दिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

'हवाई पूर्वाधार विकासमा फड्को मार्नेगरी काम गर्नुस, देशलाई समृद्धिको दिशामा अघि बढाउन निर्माण र सुरक्षाको क्षेत्रमा फड्को मार्नुपर्छ । हवाई सुरक्षा अभिवृद्धिका साथै पूर्वाधार विकासको कामलाई समयमै सम्पन्न गर्नेतर्फ सबैको ध्यान जान जरुरी छ,' मन्त्री किराँतीको भनाइ उद्धृत गर्दै प्रवक्ता निरौलाले भने ।  

पर्यटनमन्त्री किराँतीले क्यानको सेवा प्रणालीबारे ब्रिफिङ लिएका थिए । क्यान स्थापनादेखि पछिल्ला गतिविधिबारे मन्त्रीलाई क्यानको टोलीले ब्रिफिङ गरेको प्रवक्ता निरौलाले बताए ।​

पर्यटनमन्त्री किराँतीले विदेशी नागरिकलाई नेपालको पहिलो झल्को दिने ऐनाका रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको सेवासुविधा र पूर्वाधारयुक्त बनाउन पनि निर्देशन दिए ।

किरातीको अनुरोधः खादा, माला फूलको सट्टामा दुर्गम क्षेत्रमा विकासका लागि सहयोग गरिदिनू

इकागज | माघ ४, २०७९

काठमाडौँ- सुदन किराती पहिलो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । हिजै राष्ट्रपतिबाट शपथ ...

४६६२ मिटरको उचाइमा रहेको मनै लोभ्याउने सुन्दर दूधकुण्ड (फोटोफिचर)

पुष्प श्रेष्ठ | माघ ४, २०७९

सोलुखुम्बु– समुन्द्र सतहबाट करिब ४६६२ मिटरको उचाइमा रहेको दुधकुण्डमा बस्न अब सहज हुने भएको छ । स...

पोखरा विमान दुर्घटना : लयमा फर्किँदै गरेको पर्यटन क्षेत्रमा ठूलो धक्का

इकागज | माघ २, २०७९

काठमाडौँ- पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्‍याएको छ । प...

ठमेलका घरधनी र व्यवसायीलाई दुःख दिने विदेशी नागरिकलाई बुझाइयाे अध्यागमनमा

इकागज | पुस २४, २०७९

काठमाडौँ- ठमेल पर्यटन विकास परिषदले ठमेल क्षेत्रको सामाजिक वातावरणमा खलल पुर्‍याएको भन्दै एक विदेश...

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

इकागज | पुस २४, २०७९

कास्की - पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । य...

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

इकागज | पुस २४, २०७९

पोखरा- पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस...