रीतिरिवाज

अनाथ बालबालिकाले सामूहिक रूपमा लगाए भाइटीका

इकागज | कात्तिक २०, २०७८

म्याग्दी- बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् । 

नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन् । अष्टे«लियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरेको हो । 

बालगृहका बालबालिकालाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एण्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए। । म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ । 

नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एण्ड लभ संस्थामा आवद्ध चेलीहरुलाई धन्यवाद दिए । 

आज काग र कुकुर तिहार

इकागज | कात्तिक १७, २०७८

काठमाडौँ - तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा ...

आज दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी

इकागज | कात्तिक २, २०७८

काठमाडौँ - वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिक...