विश्वकप २०२२

फिफा विश्वकप

आज क्वार्टरफाइनलका दुई खेल हुँदै

इकागज | मंसिर २३, २०७९

काठमाडौँ - फिफा विश्वकप फुटबल २०२२२अन्तर्गत आज पहिलो दुई क्वाटरफाइनल खेल हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेल नेपाली समयानुसार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच हुनेछ । 

एजुकेसन सिटी स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने दाउमा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो भने साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

दोस्रो क्वाटरफाइनल खेल मोरक्को र पोर्चुगलबीच शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेल आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । विश्वकपको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ । 

रामोस भन्छन्, सुरुवाती-११ मा पर्ने कुरा कल्पनामा पनि सोचेको थिइनँ

इकागज | मंसिर २१, २०७९

काठमाडौँ- पोर्चुगलका युवा खेलाडी गोनकालो रामोसले स्विट्जरल्याण्डविरुद्ध ह्याट्रिक पुरा गर्ने कुरा सपनामा प...

फिफा विश्वकपः स्विट्जरल्याण्डविरुद्ध पोर्चुगल, रोनाल्डो बेन्चमा

इकागज | मंसिर २०, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत स्विट्जरल्याण्डविरुद्धको प्रि-क्वार्टरफाइनल खेलका लागि पोर्...

मोरक्को भर्सेस स्पेनः निर्धारित ९० मिनेटमा गोलरहित बराबरी

इकागज | मंसिर २०, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मोरक्को र स्पेनबीच जारी प्रि-क्वार्टरफाइनल खेलको निर्धार...

फिफा विश्वकपः पोर्चुगललाई घर पठाउने योजनामा स्विट्जरल्याण्ड

इकागज | मंसिर २०, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतको अन्तिम प्रि-क्वार्टरफाइनलमा पोर्चुगल र स्विट्जरल्याण्ड भि...