विश्व

रफाहमा तिब्र सैन्य कारबाही हुन्छ : इजरायल

इकागज | जेठ ८, २०८१

काठमाडौँ- इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारबाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गर्नु रहेको बताएका छन् ।

गैलान्टले हाल इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई इजरायलले 'आफ्नो अभियानको अवधिमा पर्याप्त मानवीय कारबाही गरिरहेको' बताए ।

इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब आठ लाख मानिसले इलाका छाडेका छन् । अमेरिकाले इजरायललाई राफाहमा सैन्य कारबाही नगर्न दबाब दिएको थियो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले इजरायल पुग्नुअघि साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गरेका थिए।

विश्वका ७ आईफोनमध्ये १ भारतमा उत्पादन हुन्छ : प्रधानमन्त्री मोदी

इकागज | जेठ ७, २०८१

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका ७ आईफोनमध्ये १ भारतमा उत्पादन भइरहेको बताएका छन् । ...

एलन मस्कले इन्डोनेसियामा सुरु गरे स्टारलिंक स्याटेलाइट इन्टरनेट

इकागज | जेठ ७, २०८१

काठमाडौँ- एलन मस्कले आइतबार इन्डोनेसियामा स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाको उद्घाटन गरेका छन् । मस्...

इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको दाबी

इकागज | जेठ ७, २०८१

काठमाडौँ - इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर द...

टर्कीका ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको दाबी

इकागज | जेठ ७, २०८१

काठमाडौँ - इरानी राष्ट्रपति इब्राहिम रायसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्...