विश्व

६ हजार टनभन्दा बढी राहत सामग्री गाजा पुग्यो

इकागज | असार ७, २०८१

काठमाडौँ- अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्‍याउनका लागि पुन: निर्माण गरिएको अस्थायी घाटबाट राहत सामग्री आउन थालेको बताएको छ ।

सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही घाट हुँदै गाजा पुगेको थियो । यो एकै दिनमा घाटबाट गाजा पुग्ने सबैभन्दा ठूलो सहायता सामाग्री हो ।

अमेरिकी सेनाले गाजाको तटमा ३० करोड डलरको लागतमा यो पियर स्थापना गरेको हो । तर, पछिल्लो समय तीव्र हावा र खराब मौसमका कारण यो घाट दस दिनदेखि सञ्चालन हुन सकेको थिएन ।

जुन ८ मा इजरायली सैन्य बन्धकहरूको रिहाइको लागि अपरेशन सुरु भएदेखि संयुक्त राष्ट्र संघले यो घाटको प्रयोग बन्द गरेको थियो ।

इजरायली सेनाले आफ्नो सैन्य कारबाहीमा घाट वरपरको क्षेत्र प्रयोग गरेको थियो । इजरायलले दक्षिणी गाजामा सहायताका लागि सुरक्षित मार्ग स्थापना गर्ने वाचा गरेको थियो, जुन अझै पूरा भएको छैन ।

दक्षिणी सहर रफाहमा इजरायली सेनाको कारबाहीका कारण यहाँको मुख्य चौकी पनि बन्द गरिएको छ । एजेन्सी

उत्तर कोरियासँगको सन्धिले आक्रामकताको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्छ– पुटिन

इकागज | असार ५, २०८१

रुस - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमलाई स्पष्टरूपमा चेतावनी दिँदै उत्तर कोरिया र रुसबीच...

अमेरिकी पूर्व सभामुखले दलाई लामालाई भेट्न लागेको प्रति चीनको कडा विरोध

इकागज | असार ५, २०८१

काठमाडौँ - तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न अमेरिकाको पूर्व सभामुख न्यान्सी पेलोसीसहित तल्लो सदन...