विश्व

ब्राजिलमा एकै दिन २ हजार बढीको मृत्यु

इकागज | असार १०, २०७८

ब्राजिलमा कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ ।यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार १३१ जनाको निधन भएको हो ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ५ लाख ४ हजार ७१७ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ । 

यहाँ सन् २०२० फेब्रुरुअरी २६ बाट  शुरु भएको कोरोना भाइरसको संक्रमणबाट नागरिकहरुको निरन्तर रुपमा मृत्यु भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

त्यसैगरी मंगलबारसम्म १ करोड ८० लाख ५४ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका पनि बताइएको छ । त्यस्तै मंगलबार २४ घण्टाअघि देखिका गरी ब्राजिलमा ८७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि जानकारी दिइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही हप्ता अघि घटेको देखिएको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।

ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।
  
यहाँका ८ करोड भन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । पछिल्लो समयमा धेरै नागरिकमा खोप लगाइएको छ तर पनि संक्रमण भने घट्न सकेको छैन । (सिन्ह्वा)

विश्‍वका पाँच सम्पदालाई खतराको सूचीमा राख्‍ने युनेस्कोको प्रस्ताव

इकागज | असार ९, २०७८

काठमाडौँ : संयुक्त राष्ट्रसंघ युनेस्कोले एक रिपोर्टको मस्यौदा जारी गरेको छ । जसमा विश्वका केही सम्पदाह…

अफगानिस्तानको पछिल्लो अवस्थाप्रति चिनियाँ कुटनीतिज्ञद्वारा चासो व्यक्त

इकागज | असार ९, २०७८

राष्ट्रसंघ, न्यूयोर्क : अफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ट कुटनीतिज्ञले मंगलबार चासो…

एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा, दोस्रोमा सामसुङको उत्पादन

इकागज | असार ९, २०७८

सियोल : एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका…

पहिले अस्ट्राजेनिका खोप लगाएकी जर्मन चान्सलर मर्केलले दोस्रो खोप भने कोभिडजाब लगाइन्

इकागज | असार ८, २०७८

काठमाडौँ : जर्मन चान्सलर एन्जेला मर्केलले मोर्डना कम्पनीले विकास गरेको कोभिडजाब खोप लगाएकी छिन् …

दक्षिण सुडानको राजनीतिक अवस्थामा सुधार आएको छ : संयुक्त राष्ट्रसंघ

इकागज | असार ८, २०७८

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीनिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण…

अफगानी सेनाद्वारा तखार प्रान्तका दुई जिल्ला पुनः नियन्त्रण

इकागज | असार ७, २०७८

काबुल : अफगानिस्तानको सरकारी फौजले उत्तरी तखार प्रान्तका दुई जिल्लालाई पुनः नियन्त्रणमा ल्याएको छ । उत्तरी क्…

यी हुन् कोभिडबाट अत्यन्त प्रभावित दश देश, कहाँ कति संक्रमित ?

इकागज | असार ७, २०७८

बेइजिङ : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८४ ला…