विश्व

रुसी सेनासँग लड्न युक्रेनी सडकमा सैन्य गाडी, स्वयंसेवकलाई बन्दुक दिइयो

इकागज | फागुन १३, २०७८

काठमाडौं - रुसी सेना राजधानी किभतर्फ अघि बढिरहँदा रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको छ । 
युक्रेनको आन्तरिक मामिला मन्त्रालयले यस्तो जनाएको बीबीसीले उल्लेख गरेको छ । 

किभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए ।

सरकारले रुसी फौजसँग प्रतिवादका लागि हतियार बोक्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको बिबीसीले उल्लेख गरेको छ । 

यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८ हजार थान मेसिनगन प्रदान गरेको जनाएको छ । 

रुसले बिहीबार बिहानबाट युक्रेनमा आक्रमण थालेको थियो । 

पुटिनको आक्रमण नेटो सदस्यसम्म पुगे हामी पनि युद्धका लागि तयार छौं- अमेरिका

इकागज | फागुन १३, २०७८

काठमाडौँ - अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पुटिनले युक्रेनी सरकारलाई हटाउने प्रयास गरेको बत...

युक्रनेकाे राजधानी किभ ९६ घन्टामा ढल्ने र सरकार एक सातामा ढल्न सक्ने अमेरिकी आँकलन

इकागज | फागुन १३, २०७८

काठमाडाैँ- युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ । बिस्फोट र ...

युक्रेन संकटका बीच रुसी अर्बपतिहरूले गुमाए ९० अर्ब डलर – फोर्ब्स

इकागज | फागुन १३, २०७८

काठमाडौँ - फोर्ब्समा प्रकाशित रिपोर्टका अनुसार युक्रेनमा जारी आक्रमणका क्रममा रुसी अर्बपतिहरूले करिब...

राष्ट्रपति जेलेन्स्किले पश्चिमा गठबन्धनलाई फेरि भने- हामी एक्लै भयाैं सहयाेग गर्नुस्

इकागज | फागुन १३, २०७८

काठमाडाैँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले युक्रेनलाई सहयोग गर्न र रुसको पासविक हमला रोक्...