विश्व

भारतको राजस्थानका दुई सय विधायकलाई आइफोन उपहार

इकागज | फागुन १२, २०७८

काठमाडौँ - भारतको राजस्थान सरकारले आफ्नो प्रान्तका सबै सांसद(विधायक)लाई आइफोन १३ उपहार दिएको छ । बुधबारको विधानसभा बैठकमा पेश भएको बजेटमा सबै विधायकलाई आइफोन १३ उपहार दिइएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार गत वर्ष पनि विधायकहरूलाई आइपेड दिइएको थियो । बजेट पेश भएपछि विधायकलाई बझेट कपी ब्रिफकेशसँगै आइफोन १३ सँगै स्मार्ट ब्रिफकेश दिइएको थियो ।

विधायकहरूलाई दिएको आइफोनको मूल्य एक लाख भारतीय रुपैयाँ बराबर रहेको समाचारमा उल्लेख छ । केही भारतीय जनता पार्टीका विधायकहरूले भने आइफोन नलिने घोषणा गरेको छन् ।

रूस-युक्रेन तनाव: कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा

इकागज | फागुन १२, २०७८

न्यूयोर्क - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा...

रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन : राष्ट्रपति जेलेन्स्की

इकागज | फागुन ११, २०७८

किभ- युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका ...