विश्व

म्यानमारद्वारा ८२१ कैदीलाई माफीको घोषणा

इकागज | माघ २९, २०७८

एजेन्सी – म्यानमारले कारागारमा रहेका ८२१ कैदीलाई आम माफी दिइएको घोषणा गरेको छ ।  आम माफी पाएका कैदीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात विदेशी रहेका छन् । 

उनीहरुलाई हीरक एकता दिवको अवसरमा आम माफी दिने निर्णय सरकारले गरेको अधिकारीले जानकारी दिएका छन् । म्यानमारका थप छ महिनाका लागि भन्दै जनवरी ३१ देखि सङ्कटकालको समय अवधि थप गरिएको छ ।

म्यानमारको सेनाले गत वर्षको फेब्रअरी १ मा सत्ता कब्जा गर्दै सङ्कटकाल लगाएको हो । सेनाको कदमका विरुद्धमा देशभित्रका दल तथा लोकतन्त्रवादी र विश्व समुदाय विपक्षमा उभिएपनि सेना पछाडि हटेको छैन । 

त्यसअघि भएको निर्वाचनमा धाँधली भएकोले पुनःनिर्वाचन गराउनुपर्ने अडानसहित सत्ता कब्जा गरिएको सेनाको भनाइ छ । अन्य पक्ष, विदेशी पर्यवेक्षकले भने निर्वाचन निश्पक्ष र स्वतन्त्ररुपमा नै भएको भन्दै सेनाको आरोपको खण्डन गरेका छन् ।

सेनाले सत्ता कब्जा गरेपछि म्यानमारका जनता आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने अरु हजारौँ घाइते र गिरफ्तार भएका छन् ।   

राष्ट्रसंघद्वारा हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत

इकागज | माघ २९, २०७८

काबुल – अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिशनले चार दिनभन्दा बढी हिरासतमा रहेका दुई पत्रकारलाई रि...

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा खटाएका दुई विदेशी पत्रकार काबुलमा पक्राउ

इकागज | माघ २९, २०७८

काबुल- संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको कार्यभारमा रहेका दुई अन्तर्राष्ट्रिय पत्रकारलाई अफगानिस्तानको...

अक्सिजन सिलिन्डर र स्वास्थ्य उपकरणसहित मतदान केन्द्र पुगे आईसीयूका बिरामी

इकागज | माघ २८, २०७८

उत्तर प्रदेश -  भारतीय चुनावको एउटा ह्दयस्पर्शी चिज भनेको मतदानलाई मानिसहरुले महत्वपूर्ण कर्तव्य...