विश्व

औषधिजन्य उत्पादनबाट प्रदूषित नदीले विश्वव्यापी स्वास्थ्यमा गम्भीर खतराः अध्ययन

इकागज | फागुन ३, २०७८

लन्डन - औषधि तथा औषधिजन्य उत्पादनबाट प्रदूषित विश्वका नदीहरूले वातावरण र विश्वव्यापी स्वास्थ्यमा गम्भीर खतरा निम्त्याएको एउटा अध्ययन प्रतिवेदनले दर्शाएको छ । प्यारासिटामोल, निकोटिन, क्याफिन, मिर्गी तथा मधुमेहका औषधिका कारण विश्वका नदीहरू प्रदूषित हुने गरेको युनिभर्सिटी अफ योर्कले गरेको अध्ययनमा दर्शाइएको हो । 

पाकिस्तान, बोलिभिया, इथोपियाका नदीहरू सबैभन्दा बढी प्रदूषित बनेका छन् भने आइसल्यान्ड र नर्वेका नदी र अमेजनको रेनफरेस्टले ठूलो मूल्य चुकाएका छन् । साझा औषधिजन्य यौगिकहरूको प्रभाव अझै पनि धेरै हदसम्म अज्ञातै छ । 

तर, यो पहिले नै राम्रोसँग स्थापित छ की मानिसहरूका गर्भनिरोधक औषधिको घुलनले माछाको विकास र प्रजननमा असर पार्न सक्छ । नदीमा एन्टिबायोटिकको बढ्दो उपस्थितिले औषधिको रुपमा उनीहरूको अस्थित्व सीमित पार्न सक्छ ।

अध्ययनमा १०० भन्दा बढी देशमा एक हजारभन्दा बढी परीक्षण स्थलबाट ल्याइएको पानीको नमूना लिइएको थियो । 

समग्रमा २५८ नदीहरूको नमूनामध्ये एक चौथाइ भन्दाबढी नमूनामा सक्रीय औषधिजन्य तत्वहरू रहेको र त्यो जलीय जीवहरूका लागि असुरक्षित मानिएको छ । ‘सामान्यतया के हुन्छ भने हामी यी रसायनहरू लिन्छौ, तिनीहरूको हामीमा केही इच्छित प्रभावहरू हुन्छन र  तिनीहरूले हाम्रो शरिर छोड्छन्’, अनुसन्धान समूहका नेता डा जोन विलकिन्सनले भने । 

‘अहिले हामीले थाहा पाएको कुरा यही हो की सबैभन्दा आधुनिक प्रभावकारी फोहर पानी प्रशोधन केन्द्रहरू यी यौगिकहरूलाई (नदी वा तालमा विलय हुनुअघि) घटाउन पूर्ण रुपमा सक्षम छैनन् ।’ धेरै पटक पत्ता लगाइएका औषधिहरूमध्ये मिर्गी तथा नसा दुखाईको उपचारमा प्रयोग हुने कार्बामाजेपाइन र चिनिरोग उपचारमा प्रयोग हुने मेटफरमिन थिए । कफिन र निकोटिन तथा दुखाई कम गर्न प्रयोग गरिने प्यारासिटामोलका ‘हाइ कन्सनट्रेसन’ पनि नमूना पानीमा भेटिएको परेको थियो । 

क्यानडामा खोप विरोधी प्रदर्शनकारीको बैक अकाउन्ट रोक्का गरिने

इकागज | फागुन ३, २०७८

ओटावा - कोभिड खोपविरोधी आन्दोलन उग्र बनेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसलाई रोक्न अप्रत्...

युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघका महासचिवको जोड

इकागज | फागुन ३, २०७८

न्युयार्क- राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रसिया र युक्रेनबीचको बढ्दो तनावप्रति गम्भीर चासो देखाएक...

युक्रेनको रुस र अन्य राष्ट्रसँग ४८ घण्टाभित्र सीमामा सेना परिचालनबारे छलफल गर्न आग्रह

इकागज | फागुन ३, २०७८

किभ [युक्रेन]- युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतवार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणब...