विश्व

जर्मनीको ग्यास भण्डारणको स्तर ‘चिन्ताजनक’

इकागज | माघ २७, २०७८

बर्लिन - जर्मनीको ग्यास भण्डारण ‘चिन्ताजनक’ अवस्थामा झरेको जर्मनीले जानकारी गराएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशङ्काले ऊर्जा आपूर्तिमा थप दबाब परेको जर्मनीको अर्थ मन्त्रालयकी प्रवक्ताले बुधबार बताएकी छन् । उनले सरकारको नियमित पत्रकार सम्मेलनका भनिन्, 'प्राकृतिक ग्यास भण्डारण अहिले ३५–३६ प्रतिशत रहेको देखिन्छ ।'

अर्थ मन्त्रालयकी प्रवक्ताले थपिन्, 'निश्चय पनि हामी भण्डारण तहको अवस्थाको अनुगमन गरिरहेका छौं र त्यो पक्कै पनि चिन्ताजनक छ ।' उनका अनुसार एक वर्षअघि ग्यास सञ्चयको अवस्था ८२ प्रतिशत क्षमतामा थियो ।
 

इंल्याण्डमा फेब्रुअरी अन्त्यबाट कोरोना सम्बन्धी सबै प्रतिबन्ध हट्ने

इकागज | माघ २६, २०७८

लण्डन – बेलायत सरकारले लागू गरेका कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटाउने घोषणा गरेको छ । प्रधानम...

चिनियाँ वैज्ञानिकद्वारा सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणाली विकास

इकागज | माघ २६, २०७८

बेइजिङ – चिनियाँ अनुसन्धानकर्ताहरूले सूर्यको बाहिरी भागको फुटेको क्षेत्रमा रहेको चुम्बकीय अवस्थाका...

भिरालो पहाडमा ४८ घन्टा फँसेका युवाको उद्दारमा ड्रोनदेखि सेनासम्म परिचालन

इकागज | माघ २६, २०७८

नयाँ दिल्ली – भारतीय सेनाका आरोहीहरुले खाना र पानीबिना झन्डै ४८ घन्टादेखि एउटा पहाडको दरारभित्र...

साउदी अरेबिया नेतृत्वको सेनाद्धारा यमनका हुथी विद्रोहीको सैन्य शिविरमा आक्रमण

इकागज | माघ २६, २०७८

साना- साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी सहर सानामा रहेको हुथीहरुको एक सैन्य शिविरमा नै आक्रम...