विश्व

भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

इकागज | फागुन ४, २०७८

नयाँ दिल्ली - भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरुभएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना सङ्क्रमित  भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ  । 

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरूको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १८ लाख ४३ हजार ४४६ जना सङ्क्रमण मुक्त भएका छन् । 

अधिकारीहरूका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख ७०  हजार २४० रहेको छ । गत २४ घण्टामा मात्र ५२ जना ८८७ जना सक्रिय सङ्क्रमित घटेका पनि समाचारमा जनाइएको छ । 

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५१४ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन । यससँगै भारतमा कोरोना सङ्त्रमणको कारण हालसम्म पाँच लाख ९ हजार ८२७ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
 

शंकास्पद व्यक्ति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलको निवासमा पस्न खोजेपछि...‍‍‍

इकागज | फागुन ४, २०७८

नयाँ दिल्ली - भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको आवासमा एक अज्ञात व्यक्ति जबरजस्ती पस्ने प्...

कोभिडले ५९ लाखको ज्यान गयो, तर प्रदूषणबाट हुन्छ हरेक वर्ष ९० लाख जनाको मृत्यु

इकागज | फागुन ४, २०७८

न्युयोर्क- राज्यहरू र कम्पनीहरूले गर्ने प्रदूषणका कारण हुने विश्वव्यापी मृत्यु कोभिड १९ का कारण हुने मृत्यु...

युक्रेन छाड्ने अमेरिकीहरूलाई पोल्याण्डमा स्वागत केन्द्र खोलियो

इकागज | फागुन ३, २०७८

वाशिंगटन [अमेरिका]- संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत क...

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने संकेत

इकागज | फागुन ३, २०७८

किभ [युक्रेन] - युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूस...