विश्व

रूस र युक्रेनमध्ये काे कति शक्तिशाली ?

इकागज | फागुन १२, २०७८

काठमाडौँ - रूस र युक्रेनबीच युद्ध सुरु भएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पूर्वी युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई नयाँ राज्यको मान्यता दिने निर्णय गरेपछि तनाव युद्धमा परिणत भएको हो । बिहीबार बिहानैबाट रूसले युक्रेनका विभिन्न सहरमा आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् । यसरी रूसले युक्रेनलाई आक्रमण गर्दा सैनिक शक्तिमा कुन देश बलियो छ त सो बारेमा यहाँ केही  जानकारी दिइन्छ । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको आदेश दिएपछि युक्रेनमा मिसाइल आक्रमण भैरहेको छ । रूसले युक्रेनका कैयौँ सैन्य अखडाहरू ध्वस्त पारेको छ । युक्रेनी सेनाले लुहान्स्क क्षेत्रमा पाँच रूसी विमान र एउटा रूसी हेलिकप्टर खसालेको दावी गरेको छ । रूस तथा युक्रेन सैन्य शक्ति कति छ ? 

रूस र युक्रेनको सैन्य क्षमता

रूस र युक्रेनको सैन्य बलको कुरा गर्दा युक्रेन रूसभन्दा केही कमजोर देखिन्छ । एक रिपोर्ट अनुसार, रूस शक्तिशाली देशहरूको हिसाबले दोस्रो स्थानमा रहेको छ तर युक्रेनको २२औं स्थानमा रहेको छ । यसबाट सैन्य क्षमतामा युक्रेनभन्दा रूस निकै शक्तिशाली रहेको देखिन्छ ।

हाल रूससँग सक्रिय सैनिकको संख्या ८ लाख ५० हजार रहेको छ । अर्कोतर्फ, युक्रेनमा धेरै कम मात्रामा सक्रिय सेना रहेको छ । युक्रेनले आरक्षित सेनाको संख्यामा भने रूससँग बराबर रहेको देखिन्छ। हाल दुवै देशसँग २ लाख ५० हजार रिजर्भ सैन्य बल छ। अर्धसैनिक बलमा भने रूस धेरै अगाडि देखिन्छ। रूसमा २ लाख ५० हजार अर्धसैनिक बल छ भने युक्रेनमा ५० हजार मात्रै अर्धसैनिक बल रहेका छन् ।

वायुसेना

वायुसेनाको कुरा गर्दा रूस विश्वमा दोस्रो स्थानमा रहेको छ । उता वायु सेनामा युक्रेन रूसभन्दा निकै तल अर्थात विश्वमा ३१औँ स्थानमा रहेको छ । रूससँग ४ हजार १ सय ७३ विमान रहेका छन्। उता युक्रेनसँग ३ सय १८ विमान छन् । अर्कोतर्फ रूससँग कुल लडाकु विमानको संख्या भने ७ सय ७२ छन् । भने युक्रेनसँग ६९ लडाकु जेट मात्र छन् ।

ग्राउन्ड पावरमा

ग्राउन्ड पावरमा रूस विश्वको नम्बर एक देश हो । रूससँग हाल कुल १२ हजार ४ सय २० ट्याङ्कहरू रहेका छन्। उता युक्रेनसँग भने २ हजार ५ सय ९६ ट्याङ्कहरू रहेका छन् । जुन विश्वमा १३औँ स्थानमा पर्छ । बख्तरबन्द सवारी साधनको कुरा गर्दा विश्वमा रूस तेस्रो स्थानमा छ भने युक्रेन छैटौं स्थानमा छ ।

नौसैनिक शक्ति

रूस तथा युक्रेनको यस द्वन्द्वमा नौसेनाहरूसँग कुनै सीधा सम्पर्क हुने सम्भावना भने छैन । रूससँग ६ सय भन्दा धेरै नौसैनिक शक्ति रहेका छन् भने युक्रेनसँग ३८ नौसैनिक रहेका छन् । रूससँग समुद्रमा आक्रमण गर्न ७० वटा सामुद्रिक जहाज रहेका छन्, भने युक्रेनसँग शून्य छ ।

युक्रेनको सीमा सुरक्षा सेवाले भन्‍यो- रूसी सेनाले सीमा पार गर्‍यो

इकागज | फागुन १२, २०७८

काठमाडौँ- रुसी सेनाले युक्रेनको उत्तरी चेर्निहिभ र सुमी क्षेत्रहरू र पूर्वी लुहान्स्क र खार्किभ क्षेत्रमा प्र...

पाँचवटा रुसी विमान र एउटा हेलिकाेप्टर खसालेको युक्रेनी सेनाकाे दाबी

इकागज | फागुन १२, २०७८

काठमाडौँ - युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकाेप्टर खसालिदिएको दाबी गरेको छ...

पुटिनले विनाशको बाटो रोजे, गठबन्धनले निर्णायक जबाफ दिन्छः बेलायती प्रधानमन्त्री

इकागज | फागुन १२, २०७८

काठमाडाैँ- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसले गरेको हमलाको निन्दा गर्दै बेलायत र ...