विश्व

जसले आफ्नै टाउकोमा गोली भएको २० वर्षपछि थाहा पाए

इकागज | माघ १९, २०७८

बेइजिङ – अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गोली फेला परेको छ । सो गोली करिव २० वर्षअघि उनको खप्परभित्र पसेको खुलासा भएको छ ।  सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टाउको दुख्ने गर्दथ्यो । पछिल्लो समयमा उनलाई झनै बढी टाउको दुख्न थालेको थियो । 

चेनले सुरुमा पर्याप्त नसुतेका कारण टाउको दुखेको हुन सक्ने अनुमान गरे । तर, टाउको दुखाईको कारण उनी रातभर सुत्न सकेनन् । अन्त्यमा उनलाई अस्पताल नगई सुखै भएन । अस्पतालका चिकित्सकले उनको टाउको दुख्नुको अनौठो कारण पत्ता लगाए । 

एमआरआई गरेपछि सेनझेन युनिभर्सिटी जनरल अस्पतालका चिकित्सकले चेनको खोपडीको वायाँ भागमा अनौठो बस्तु फेला पारे । नजिकबाट जाँच गर्दा सो बस्तु धातुको गोली भएको खुलासा भयो । सो गोली उनको खप्परभित्र कसरी पस्यो भन्ने बारेमा अस्पतालका कर्मचारीले उनका अभिभावकलाई सोधेको थियो । 

करिब ८ वर्षको हुँदा उनी र उनका भाई घरमा एयर गन खेलिरहेका थिए । गोली अकस्मात पड्किदा उनको टाउकोको खोपडीभित्र पसेको थियो । टाउकोमा गोली लागेको थाहा पाएर बाबुआमाले गाली गर्ने डरले उनीहरुले कसैलाई भनेनन् ।

तसर्थ, उनीहरुले केही भनेनन् । कपालले टाउकोको घाउ ढाक्दै गयो । अभिभावकले पनि केही थाहा पाएनन् । त्यतिबेला घाउ पनि खासै दुखेन् । 
गत महिना आकस्मिक शल्यक्रिया गरेर उनको टाउकोको गोली निकालिएको थियो । 

युक्रेनी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता

इकागज | माघ १९, २०७८

काठमाडाैँ- युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवा...