विश्व

अमेरिकामा कोभिडका कारण मृत्यु हुने बढ्दै

इकागज | माघ १६, २०७८

लन्डन - संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ । यसलाई अमेरिकाका अधिकारीहरूले चिन्ताजनक पनि भनेका छन् । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ । बुधबार मात्र यहाँ २४ घन्टामा कोभिडबाट २ हाजार भन्दा बढीको ज्यान गएको छ ।

बुधबारको पछिल्लो तथ्यांकअनुसार यहाँ एकै दिनमा कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । तर उता कोभिडबाट हुने संक्रमितको संख्या भने अहिले घटेको छ । पछिल्लो केही दिनयता यो संक्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ ।

यहाँ दैनिक ६ लाखभन्दा बढी नै संक्रमित पाइने गरेका छन् । अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ । अमेरिकामा विश्वमा नै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने संक्रमण दर पनि धेरै रहेको पाइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वका अरु देशको तुलनामा यो सबैभन्दा बढी हो । रासस

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

इकागज | माघ १६, २०७८

प्योङयाङ [उत्तर कोरिया] - उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण क...

चीनले मुसलमानको मानवअधिकार उल्लघंन गर्‍यो भन्ने पश्चिमा देश भारतबारे बोल्दैनन् - पाकिस्तानी प्रधानमन्त्री

इकागज | माघ १६, २०७८

काठमाडौँ - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पश्चिमा देशहरु भारत प्रशासित कश्मिरमा भएको मानवअधि...

युक्रेन संकट : बेलायतले पूर्वी युरोपमा परिचालन गर्ने सेना दोब्बर पार्ने

इकागज | माघ १६, २०७८

लन्डन- बेलायतले पूर्वी युरोपमा परिचालन गर्ने सेनाको संख्या दोब्बर पार्ने योजना गरिरहेको जनाएको छ । युक्र...

अफगानिस्तानका पूर्व अधिकारीहरूले भ्रष्टाचार गरेको सम्पत्ति जफत गर्न प्रस्ताव

इकागज | माघ १५, २०७८

काबुल - संयुक्त राष्ट्रसंघको अफगानिस्तान मिशनले शुक्रबार अफगानिस्तानका भूतपूर्व सरकारी अधिकारीहरूको खाता...

पाकिस्तानमा पबजीमा हारेपछि परिवारकाे हत्या, गेममाथि प्रतिबन्ध लगाउन सिफारिस

इकागज | माघ १५, २०७८

पाकिस्तान - पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोल...