विश्व

भारतमा घट्दै कोभिड संक्रमित

इकागज | माघ १०, २०७८

नयाँ दिल्ली- भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ । पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमि हो । अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले संक्रमण घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अझै पनि कूल संक्रमितको ५ दशमलव ६९ प्रतिशत सक्रीय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ६० प्रतिशत खोप नलगाएका वा एक मात्र खोप लगाएका भएको बताइएको छ । 

संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्र पारेको छ । अहिलेसम्म ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् । 

तालिवान प्रतिनिधिमण्डल ओस्लोमा, पहिलो दिनको वार्तामा महिला तथा मानव अधिकारबारे छलफल हुने

इकागज | माघ १०, २०७८

ओस्लो - अफगानिस्तानको सत्तामा फर्किएपछि युरोप भ्रमण गर्ने पहिलो तालिवान प्रतिनिधिमण्डलले आइतबार ओस्लोमा वा...

अमेरिकाद्वारा युक्रेनस्थित दूतावासका कर्मचारीका परिवारलाई  देश छोड्न निर्देशन

इकागज | माघ १०, २०७८

किभ - अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई त्यहाँ छोड्न निर्दे...