विश्व

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिरको स्वास्थ्य अवस्था स्थिर

इकागज | माघ ९, २०७८

मलेसिया- मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छिन् । 

पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले बताइन् । उनी ९६ वर्षको छन् । 

महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन् । 

करिब पचहत्तर दिनअघि सोही अस्पतालमा उपचार गराई घर फर्किएका महाथिरको नियमित उपचारका लागि भर्ना गरी करिब दुई साता अघि घर लगिएको थियो ।

छोरी मरिनाले भनिन् “उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूले उपचारपछि बुवाको शरीरमा सुधारको सकारात्मक सङ्केत देखिएको बताएका छन् । अहिले उहाँको अवस्था स्थिर रहेको छ ।”

पूर्व प्रधानमन्त्री महाथिरको परिवारले शुभेच्छुकहरूलाई उहाँको स्वास्थ्यमा पूर्ण सुधारका लागि प्रार्थना गर्न आग्रह गरेका छन् । 

महाथिरले यस पहिले डिसेम्बर २०२१ मा स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा बिताएका थिए । पछिल्ला वर्षहरूमा उनलाई मुटुसम्बन्धी धेरै समस्या देखिएका छन् । यसका कारण उनलाई पटकपटक हृदयघात भएको र अहिले उनको बाईपास सर्जरी भइरहेको छ ।

महाथिर मलेसियाका लोकप्रिय राजनीतिक व्यक्तित्वमध्ये एक हुन् । उनले मलेसियाको सुधारका लागि महत्वपूर्ण योगदान गरेको र दुई पटक गरी २४ बर्षसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् । 

यमनमा ७० जनाको मृत्यु हुने गरी भएको हमलाको राष्ट्रसंघले गर्‍यो निन्दा

इकागज | माघ ८, २०७८

साना- राष्ट्रसंघले यमना भएको हवाई हमलाको निन्दा गरेको छ । यमनको थुना केन्द्रमा भएको हवाई हमलामा ७० जना...

इन्डोनेसियाको उत्तरी सुलावेसीमा ६.१ म्याग्निच्युडको भूकम्प

इकागज | माघ ८, २०७८

जकार्ता [इन्डोनेसिया]- इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । भ...

पाकिस्तानमा दैनिक कोभिड सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

इकागज | माघ ८, २०७८

इस्लामिक- पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्द...

राष्ट्रसंघले अफगानिस्तानलाई ३२ लाख अमेरिकी डलर नगद सहायता प्रदान गर्ने

इकागज | माघ ७, २०७८

काठमाडौँ -  संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई बिहीबार तीन करोड २० लाख अमेरिकी डलर मानवीय सहायत...

उत्तर कोरियालाई प्रतिबन्ध लगाउने अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे विफल

इकागज | माघ ७, २०७८

प्याेङयाङ – उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीन...