विश्व

तालिवानलाई औपचारिक मान्यता दिन अफगानिस्तानका प्रधानमन्त्रीको आह्वान

इकागज | माघ ५, २०७८

काबुल – अफगानिस्तानका कार्यबहाक प्रधानमन्त्री मोहमद हसन अखुन्दले अफगानिस्तानलाई मान्यता दिन मुस्लिम देशहरुलाई आह्वान गरेका छन् । १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको तालिावानलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन् ।

‘तालिवान सरकारलाई औपचारिक मान्यता दिएर पहिलो राष्ट्र बन्द मुस्लिम देशहरुलाई आह्वान गर्छु । त्यसपछि हामीले चाँडै विकास गर्छौ भन्ने मैले आशा गरेको छ,’  राजधानी काबुलमा आयोजित सभालाई सम्बोधन गर्दै अखुन्दले भने । अधिकांश देशहरुले तालिवानलाई अझै पनि अतिवादी समूहका रुपमा हेरेका छन् ।

सन् १९९६ देखि सन् २०११ मा पहिलो पटक सत्ता सम्हाल्दा तालिवानले मानवअधिकार उल्लंघनमा रेकर्ड नै तोडेको थियो । दोस्रो कार्यकालमा तालिवानले सत्ताको वागडोर कसरी हाँक्छ भनेर अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निहाल्दै आएको छ । 

विपक्षीप्रति नम्र र प्रजातान्त्रिक ढंगले शासन गर्ने प्रचार गरे पनि तालिवानले महिलामाथि चरम विभेद गरेको  छ । सरकारी सेवामा कार्यरत महिलालाई घरमै बस्न भनिएको छ भने माध्यामिक तहका छात्रालाई विद्यालय जानबाट रोक लगाइएको छ । अफगानिस्तानमा आर्थिक र मानवीय संकट चुलिएको विभिन्न अध्ययन प्रतिवेदनहरुले दर्शाएका छन् । 

अमेरिकामा ओमिक्रोन : दुई महिनाभित्र तीन लाख जनाको मृत्यु हुने प्रक्षेपण

इकागज | माघ ५, २०७८

न्युयोर्क- अमेरिकामा कोभिडका कारण मार्चको अन्त्यसम्ममा कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख जनासम्मको मृत्यु ...

'विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्छ'

इकागज | माघ ५, २०७८

म्याड्रिड- विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ ।...

भारतमा १२-१४ वर्ष समूहका बालबालिकाका लागि कोभिड खोपसम्बन्धी निर्णय हुन बाँकी

इकागज | माघ ५, २०७८

नयाँ दिल्ली, भारत- भारतको संघीय स्वास्थ्य मन्त्रालयले १२–१४ वर्ष उमेर समूहका बालबालिकाको लागि कोभि...

अफगानिस्तानमा भूकम्पमा परि मानिसहरूकाे मृत्यु भएकाेप्रति पाकिस्तानद्वारा दुःख व्यक्त

इकागज | माघ ४, २०७८

इस्लामाबाद – पाकिस्तान सरकारले मंगलबार पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा भएको जनधनको क्षतिप्रति ...