विश्व

नर्वेमा ५-११ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउन पाइने

इकागज | माघ १, २०७८

ओस्लो - नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाभाइरसविरूद्धको खोप लगाउन पाइने भएको छ । सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा जनाइएको छ । 

नर्वेमा यसअघि १२ देखि १५ बर्षसम्मका बालबालिकाहरूलाई खोप लगाइदै आएको अधिकारीले जानकारी दिएका छन् । उनीहरूले अहिले खोपको पहिलो मात्रा लगाएका छन् भने अभिभावकले चाहेमा उनीहरुलाई दोस्रो मात्रा खोप पनि लगाउन सकिने अधिकारीको भनाइ छ ।

स्वास्थ्य मन्त्री इङभील्ड जेर्कोलद्वारा जारी वक्तव्यअनुसार सवै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन । ‘निश्चित समूह’का बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उनले स्पष्ट पारे । उनले दीर्घरोगी र जटील स्वास्थ्य समस्या भएका अविभावकको प्रत्यक्ष सम्पर्कमा रहने बालबालिका र कोभिडको पछिल्लो महामारी फैलिएका र राम्रो स्वास्थ्य सेवामा पहुँच नभएका मुलुकमा जाने बालबालिकालाई खोप नलगाउन सुझाब दिइएको बताए।

नर्वेका वयस्कहरूमध्ये अधिकांशले भने खोपको दुवै मात्रा लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाउन मिल्ने वयस्क र बृद्धबृद्धामध्ये ९० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाइसकेका छन् ।
 

लकडाउनको समयमा पार्टी गरेपछि प्रधानमन्त्री कार्यालयले बेलायती महारानीसँग माफी माग्यो

इकागज | पुस ३०, २०७८

एजेन्सी -  बेलायतका प्रधानमन्त्री कार्यालयले बर्किघम प्यालेससँग लकडाउनका बीचमा पार्टी गरेकोमा म...

भारतमा २४ घण्टामा दुई लाख ६४ हजार बढीमा काेभिड संक्रमण, ३१५ काे मृत्यु

इकागज | पुस ३०, २०७८

भारत- भारतमा गत २४ घण्टामा काेभिडबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएकाे केन्द्रीय स्वास्थ्य र परि...

तालिबानले सत्ता कब्जा गरेपछि बल्ल खुल्यो अफगानिस्तानमा एटीएम सेवा

इकागज | पुस ३०, २०७८

काबुल- तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन ला...

जर्मनीमा ९० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा ३३ वर्षीय युवामाथि मुद्दा

इकागज | पुस ३०, २०७८

बग्दाद- इराकका एक पुरुषले जर्मनीको एउटा ह्वीलचेयरमा बस्ने वृद्धालाई यौन दुर्व्यवहार गरेका छन् । जर्मनीको ए...