विश्व

दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण

इकागज | पुस २१, २०७८

नयाँ दिल्ली- भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागू गरिएका छन् ।

भारतमा दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ । महाराष्ट्रपछि दिल्लीमा नयाा भेरियन्टका संक्रमित बढेका छन् । बुधबारसम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ । एजेन्सी

उत्तर कोरियाले फेरि गर्‍याे व्यालिस्टिक मिसाइल प्रहार

इकागज | पुस २१, २०७८

प्योङयाङ -उत्तर कोरियाले एउटा अज्ञात क्षेप्यास्त्र समुद्रामा प्रहार गरेको छ । उत्तरले प्रहार गरेको क्षेप्यास्त्र...

आणविक युद्ध अन्त्य गर्ने पाँच शक्तिाशाली देशको प्रतिबद्धता

इकागज | पुस २१, २०७८

मस्को- पाँच ओटा आणविक सम्पन्न देशहरुले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा संयुक्त विज्ञप्त...

ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै

इकागज | पुस २१, २०७८

भारत- भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरे...