विश्व

नाइजेरियामा लुटेराको आक्रमणमा २०० गाउँलेको मृत्यु

इकागज | पुस २५, २०७८

कानो - नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा  उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ । 

‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए । 

मोटरसाइक चढेर आएका झन्डै ३०० आक्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ । उनीहरूले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए । यसैबीच, लुटपाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ । जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको हत्या गरिसकेका छन् । 

पाकिस्तानमा भारी हिमपातः २२ जनाको मृत्यु, हिउँ हेर्न गएका सयौं मानिस फँसे

इकागज | पुस २५, २०७८

इस्लामाबाद - पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्...

लिपुलेकमा सडक बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणामा नेपाल सरकार मौन

इकागज | पुस २३, २०७८

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडकलाई चौडा गर्ने बताएका छन् ।&nbs...