विश्व

भारतले घटायो नेपाललाई दिने वार्षिक अनुदान

इकागज | माघ १८, २०७८

काठमाडाैँ – भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान रकम घटाएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार पेश गरेको भारतको युनियन सरकारको २०२२/२०२३ को बजेटमा नेपाललाई यस वर्ष भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको छ। 

मौरिसस र श्रीलंकाको गत वर्षजति नै अनुदान दिएको भारतले भुटान, अफगानिस्तान र नेपाललाई दिने अनुदान कटौती गरेको हाे । सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान दिएकाे थियो।

युक्रेन मामिलामा अमेरिका-रसिया तनाब:  पुटिनका मानिसलाई प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

इकागज | माघ १८, २०७८

मस्को - रसियाले युक्रेनमाथि हमला गरे अमेरिकाले राष्ट्रपति भ्लादमिर पुटिनका भित्रि सर्कलका मानिसहरूमाथि प्...

अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको उन्मुक्ति खोसिने

इकागज | माघ १७, २०७८

काबुल - संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञहरूलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहर...