विश्व

अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको हतियार पठाउने

इकागज | फागुन १७, २०७८

अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता पठाउने भएको छ । मंगलबार प्रधानमन्त्री स्कट मोरिसनले ५ करोड डलर बराबरको घातक तथा गैर घातक सहायता पठाउने बताएका हुन् ।

‘हामीले गोलिगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ' उनले भने ।

तर ‘रुसलाई त्यसबारे पूर्व सूचना’ आफूले दिन नचाहेको बताउँदै उनले सहयोग विस्तृत विवरण दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ । मोरिसनले उनको सरकारले मानवीय सहायताका लागि युक्रेनलाई थप ३ करोड ५० लाख अस्ट्रेलियाली डलर बराबरको सहायता उपलब्ध गराउने बताए ।

जासुसी आरोपमा १२ रुसी कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो देशनिकाला

इकागज | फागुन १७, २०७८

अमेरिका- न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण...

अमेरिकी गुप्तचरको रिपोर्ट : युक्रेनमा अझै डरलाग्‍दो समय आउँदैछ

इकागज | फागुन १७, २०७८

अमेरिका- अमेरिकी सांसदहरूले शीर्ष रक्षा र गुप्तचर अधिकारीहरूबाट युक्रेनको अवस्थाको बारेमा सूचना प्राप्त ...