विश्व

युक्रेनमाथि रुसी हमला : भारतकाे माैन समर्थन !

इकागज | फागुन १७, २०७८

काठमाडौँ - युक्रेनमा ६ दिनदेखि रुसले आक्रमण जारी राखेको छ । सोमबार भएको वार्ताले कुनै सकारात्मक परिणाम नदिएपछि रुसले फेरि आक्रमणलाई तीव्रता दिएको छ । आक्रमणका दर्दनाक तस्बिर/भिडियोहरू सार्वजनिक भइरहेका छन् ।  

युक्रेनमा जारी रुसी आक्रमणको विश्वव्यापीरूपमा विरोध भइरहेको छ । नेपाललगायत विभिन्न देशले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गरे । युक्रेनमा जारी रुसी आक्रमणबारे भारत अझै पनि मौन छ । 

युक्रेनसम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्को निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो । युक्रेनमा रुसको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा ११ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए । यो प्रस्तावमा चीन र युएई पनि तटस्थ बसेका थिए ।

दुई पटक उक्त प्रस्ताव गर्दा पनि भारतले मतदान गरेन । प्रस्तावमा रुसले भिटो पावर प्रयोग गरेपछि अब उक्त प्रस्ताव संयुक्त राष्ट्रको महासभामा लगिएको छ । महासभामा बहुमतले प्रस्ताव पारित हुन्छ । यसमा पनि भारतले के गर्छ भन्ने चासो छ ।

रुसले भारतलाई हतियार र रक्षा उपकरण सहयोग गर्दै आएको छ । यतिमात्रै होइन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री मोदीको सम्बन्ध पनि राम्रो छ । 

त्यतिमात्रै होइन संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‍मा भएको मतदानमा पनि भारत पुनः तटस्थ बसेको छ । जबकि नेपालले पक्ष र चीनले मानवअधिकारको विपक्षमा मतदान गरेकाे थिए ।

युक्रेनका राष्‍ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी सहयोग गर्न आग्रह गरेका थिए । तर भारतले यसबारे कुनै प्रतिक्रिया दिएन । अर्थात सहयोग गर्न आवश्यक ठानेन । यसले युक्रनेमा जारी रुसी आक्रमणमाथि भारतको मौन समर्थनजसत्तो देखिन्छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूलाई कट्टर हिन्दुवादी भन्छन् । हिन्दूवादी नेताले युद्धको विरोध गर्दै शान्तिका पक्षमा बोल्ने अपेक्षा भए पनि रुसी आक्रमणबारे उनले मौनता साँधेका छन् । 

युक्रेनबाट हंगेरी पुगेकी जुलिया भन्‍छिन्- जीवनलाई एउटा सुटकेसमा बाँध्‍न धेरै गाह्रो रहेछ

इकागज | फागुन १७, २०७८

हंगेरी- बेरेगसुरानीको प्राथमिक विद्यालयको खेलकुद हलमा दुई दर्जन परिवार अस्थायी रूपमा आश्रयको लागि भित्र...

रुस-युक्रेन युद्धबारे अमेरिकी युद्ध विश्लेषकहरूको पछिल्‍लो अपडेट सार्वजनिक

इकागज | फागुन १७, २०७८

अमेरिका- युद्धको अध्ययनका लागि अमेरिकामा रहेको इन्स्टिच्युटका युद्ध विश्लेषकहरूले युक्रेनमा भएको लडाईँबार...

राष्ट्रसंघको मानवअधिकार परिषद्‍मा नेपालले दियो युक्रेनलाई साथ, भारत तटस्थ चीन विपक्षमा

इकागज | फागुन १७, २०७८

काठमाडौँ- संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‍ नेपालले युक्रेनलाई साथ दिएको छ । स्वीट्ज...

पाँच लाख बढीले युक्रेन छाडे, कुन-कुन देशमा शरणार्थी भएर जाँदैछन् ?

इकागज | फागुन १७, २०७८

किभ- युक्रेनमाथि रुसी सेनाले हमला गरेपछि पाँच लाखभन्दा बढी सर्वसाधारण मानिसहरुले युक्रेन छोडेका छन् । ...