विश्व

युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार

इकागज | फागुन १९, २०७८

काठमाडौँ- रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । 

युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो । 

यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन । 

क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन् ।

राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन् ।

उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए । एजेन्सी

विज एयरले युक्रेनी शरणार्थीलाई एक लाख हवाई टिकट निःशुल्क दिने घोषणा

इकागज | फागुन १८, २०७८

हङ्गेरी- युरोपेली हवाईसेवा प्रदायक विज एयरले सानो दूरीको यात्राका लागि युक्रेनी शरणार्थीहरूलाई एक लाख ...

ज्यान जोगाउन देश छाड्‌नेहरूको कथा : जब परिवारलाई सीमा कटाएर पुरुषहरू किभतिर लाग्‍छन्

इकागज | फागुन १८, २०७८

रोमानिया- एलेना होलिट्सिना र उनकी छोरी, भ्यालेरी, रोमानियाको सिगेटु मार्माती आइपुग्दा थाकेका थिए । उन...

रुस-युक्रेन युद्ध : मृतकबारे संयुक्त राष्ट्रसंघ र युक्रेनको डाटामा झण्डै तेब्बर फरक

इकागज | फागुन १८, २०७८

गत बिहीबार युक्रेनमा रुसी आक्रमण सुरु भएयता कम्तीमा १३६ सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ...