विश्व

युक्रेनी नागरिकले यसरी प्रतिरोध गरिरहेका छन् रुसी सेनालाई (भिडियो)

इकागज | फागुन १९, २०७८

युक्रेन- रुसले युक्रेनमाथि आक्रमण गरेको आज आठौँ दिन हो । रुसी सैनिकहरू अगाडि बढिरहँदा युक्रेनी नागरिकहरूले सशक्त प्रतिरोध गरिरहेका छन् ।

बीबीसीका अनुसार दक्षिणी सहर एनर्होदारका बासिन्दाहरू रुसी सेनालाई धपाउने प्रयासमा स्थानीय ऊर्जा केन्द्रअगाडि लागि परेको देखिन्छ ।

'हामी युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्रमा उनीहरूलाई छिर्न दिँदैनौँ,' नदेखिने एक क्यामरापर्सन बोलेको सुनिन्छ ।

जापरीजाया क्षेत्रमा रुसी सैनिकहरू पछाडि हटिरहेको ड्रोन फुटेजमा देखिन्छ । भिडियोमा रुसी सैनिकहरूलाई फर्किन बाध्य पारिएको लेखिएको छ ।

टिभीमा लाइभ दिँदादिँदै युक्रेनको राजधानी किभमा विस्फोट भएपछि... (भिडियो)

इकागज | फागुन १९, २०७८

सीबीएस न्यूज इन्टरनेशनलका पत्रकार चार्ली ड्यागटा किभस्थित एउटा घरको छतबाट प्रत्यक्ष प्रसारणमा सहभागी थिए । ...

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान सुरु

इकागज | फागुन १९, २०७८

हेग [नेदरल्याण्ड्स] - अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अ...