किभलाई मुख्य निशाना बनाउदै रुसी सेना
काठमाडौँ - पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् ।
अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ ।
आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो ।
राजधानीमा गोलाबारी र ठूला बिस्फोटका आवाजहरु सुनिएका प्राप्त विवरणहरुलाई जनाइएको छ ।