जुनीचाँदे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

जाजरकोट- जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार वेदबहादुर शाही र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित शाहीले तीन हजार चार सय ४४ मत र उपाध्यक्षमा निर्वाचित शाहीले तीन हजार तीन सय २७ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवा आचार्यले तीन हजार ८८ मत र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अम्बाकुमारी शाहले दुई हजार सात सय ४६ मत प्राप्त गरेका छन् ।
शिवा आचार्य जुनीचाँदे गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् भने अम्बाकुमारी शाह ०७४ सालको स्थानीय तहमा समेत उपाध्यक्षमा पराजित भएकी थिइन् ।
जुनीचाँदेका ११ वडामध्ये एमालेले तीन, कांग्रेस दुई र नेकपा माओवादी केन्द्रले ६ वडा जितेको छ ।

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कर्णालीमा ६ दिनमा २७ फरार अभियुक्त पक्राउ

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

प्रतिक्रिया